तपाईँ सुन्दै हुनुहुन्छः

रबि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार पुनः हुने 

रुपन्देही । रास्वपाका सभापति रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सरकारी वकिल, सहकारी पीडितको सकिएपनी रबि लामिछानेको तर्फको बहस नसकिँदा पुनः आइतबार बहस हुने भएको छ । श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछाने आजपनि जमानीमा छुट्नुभएको छ । 

रुपन्देही जिल्ला न्यायधिवक्ता प्रेम पौडेल, सहन्यायधिवक्ता गोकर्ण घिमिरे  लगायतका सरकारी वकिलले बहस गर्नुभयो भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्नुभएको छ । सहकारी पीडितका तर्फबाट समेत बहस सकिएको छ जसको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । 

त्यसैगरी रबि लामिछानेको तर्फबाट बहस गर्दै गर्दा समय अभावका कारण आइतबार पुनः बहस हुने श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

आज अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस भएको थियो । आजपनि श्रीमती र अधिवक्ताको रोहबरमा आइतबार हाजिर हुने गरि आदेश आएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button