तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान

बाजुरा । बाजुरामा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएको छ । २०७८ माघ महिनामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन सँग जोडिएको बाजुरा विगत ३ वर्ष देखि ११ केभिए क्षमताको विद्युत् प्रसारण गरेर सेवा दिई रहेको थियो ।

अछामको साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म ११ केभिए विद्युत् प्रसारण लाइन ३ वर्ष पश्चात्  विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गरिएको हो ।

विगत ३ वर्षदेखि सदरमुकाम मार्तडीमा ११ केभिए प्रसारण लाइन अन्तरगत सेवा प्रवाह हुँदै आएको भएपनि त्यसले स्थानीय नागरिकले भने जति विद्युतको मागलाई धान्न नसकेका कारण ३३ केभिए प्रसारण लाइन जडान गरि सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर राजेश कुमार झाले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिए सँगै बारम्बार अनियमित हुने बाजुराको विद्युत् सेवा अब देखि नियमित र प्रभावकारी हुने विश्वास लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button