भारतमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई २ स्वर्णसहित ७ पदक
रुपन्देही । नेपालले ४७ औँ जेएसकेअ–इन्टरनेशनल कराते च्याम्पियनसिप–२०२५ मा नेपालले २ स्वर्ण पदकसहित २ रजत र ३ कास्य गरी ७ वटा पदक जित्न सफल भएको छ ।
कुमिते विधामा आविष्कार श्रेष्ठले स्वर्ण र काता विधामा कास्य पदक जितेका छन् । त्यस्तै एरोन शेरचनले कुमिते विधामा स्वर्ण, आइलेश जंग थापाले कुमिते विधामा रजत र काता विधामा कास्य पदक जितेका छन् ।
त्यसै गरी सान्वी राज्य लक्ष्मी चन्दले कुमिते विधामा रजत र बेद जैसवालले कुमिते विधामा कास्य पदक जितेको नेपाल वादारियो कराते डो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष कमरुद्दीन अलीले बताउनुभयो ।
भारतको केरलामा २०२५ जनवरी १८ र १९ गते भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, कुवेत र कतार गरी पाँच देशका १५० जना बढी खेलाडीहरूको सहभागिता अलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रतियोगितामा नेपालबाट पाँचजना खेलाडीको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्