तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिनुभएको थियो । उक्त छलफलका क्रममा उहाँले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

सो छलफलमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन महर्जन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button