तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू  सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । 

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button