तपाईँ सुन्दै हुनुहुन्छः

 किशोरी सशक्तीकरणका लागी अछाममा विशेष अभियान सञ्चालन 

अछाम । सम विकास नेपाल अछामले किशोरी सशक्तीकरणका लागी जिल्लाका ४ वटा पालिकामा विशेष अभियान चलाएको छ  । ओबामा फाउन्डेसनको आर्थिक सहयोगमा सम विकास नेपाल मार्फत सञ्चालनमा रहेको परियोजना हाम्रो पहिचानले जिल्लाको साँफेबगर र मंगलसैन नगरपालिका , बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिकामा किशोरी सशक्तीकरणका लागी विशेष अभियान चलाई रहेको हो । यही अभियान अन्तर्गत महिला तथा किशोरीका साथै सामाजिक न्यायका काममा २ दशकदेखि क्रियाशील मानव अधिकारकर्मी नजबुल खान अछाम पुग्नुभएको छ ।

छाउपडी प्रथा,बाल विवाह अशिक्षा र हानिकार परम्पराले गिजोलिएको जिल्लाका रुपमा हेरिएको अछाममा नजबुल खान (निलम) ले आफ्ना जीवनका भोगाई , सङ्घर्षका कथा सुनाउँदै किशोरीलाई उत्प्रेरणाका साथै जाँगर प्रदान गरिरहनुभएको छ । कोसी प्रदेशको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरी गाउँमा २०३६ सालमा जन्मिनुभएकी खानको जीवनका भोगाई,सङ्घर्ष सफलताका कथा दबिएका, हेपिएका र अवसर नपाएका महिला तथा किशोरीहरूका लागी प्रेरणाको स्रोत बन्दै आएको छ । 

जिल्लाका ३ वटा पालिकाका १ सय ५० बढी किशोरीहरूलाई सशक्तीकरणका लागि उत्प्रेरणा भरिसक्नु भएका खानले अब साँफेबगर नगरपालिका वडा नम्बर १२ र १३ का कम्तीमा ४० जना किशोरीहरूलाई माघ २ गते आफ्ना सफलताको कथा सँगै सशक्तीकरणका लागि प्रेरित गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button