तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो कार्यक्रम ‘प्रदेश डायरी’ उत्पादन तथा प्रसारणका लागि सम्झौता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक कार्यालय दिपायलबिच रेडियो कार्यक्रम ‘प्रदेश डायरी’ उत्पादन तथा प्रसारणका लागि सम्झौता भएको छ । 

कार्यक्रम सम्झौता अनुसार प्रदेश सरकारका असल अभ्यास, विकास गतिविधि तथा सुशासन, सेवा प्रवाह लगायतका विषयवस्तु समेटेर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलले रेडियो कार्यक्रम प्रदेश डायरी उत्पादन तथा प्रसारण गर्नेछ । 

कार्यक्रम साप्ताहिक रुपमा रेडियो नेपाल दिपायलसँगै बाजुरा कालाजाग्रा, कैलाली बुढीतोला, दार्चुला छापरी, बैतडी खोड्पे, बझाङ्ग हेमन्तबाडा, डोटी उडीतोला स्थित एम.एफ. रिले स्टेशनबाट प्रसारण हुने छ । रेडियो कार्यक्रम प्रदेश डायरी प्रसारणबाट प्रदेश सरकारले गरेका असल अभ्यास, विकास गतिविधि लगायत सेवा प्रवाहबारेमा आम नागरिकले सहज रुपमा जानकारी, सूचना सन्देश पाउने तथा त्यसले सरकार र जनताका बिचको सम्बन्धमा बढोत्तरी हुने विश्वास गरिएको छ । 

सम्झौतामा पत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्ण प्रसाद नेपाल र रेडियो नेपालका कैलाली प्रतिनिधि जगत साउदले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रम चालू आर्थिक वर्ष २०८२ असार २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button