रेडियो नेपालकर्मी परियारलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’
काठमाडौँ । रेडियो नेपालका जुम्ला संवाददाता सागर परियार मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।
संवाददाता परियार मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार–२०८१’ बाट पुरस्कृत हुनुभएको हो ।
कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै मुक्तिनाथ विकास बैङ्कको १९औँ वार्षिक उत्सवको अवसरमा आज काठमाडौँमा आयोजित एक समारोहकामा संवाददाता परियारलाई बैंकका अध्यक्ष भरतराज ढकालले उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो ।
विशेषगरी कृषि र उद्यमशीलता विकास, कृषि क्षेत्रका समस्या तथा समाधान लगायतका विषयमा दुर्गममा बसेर पनि निरन्तर खबरदारीमूलक समाचार, लेख लेखेको र समस्या उजागर गरेको भन्दै बैङ्कको छनोट समितिले प्रथम पुरस्कारका लागि जुम्लाका सागर परियारलाई छनोट गरेको हो ।
देशभरका ३७ जना पत्रकारले आवेदन दिएकोमा प्रथम सागर परियार जुम्ला दोस्रो कौसिला कुँवर काठमाडौँ र तेस्रो मा पाल्पाका माधवप्रसाद अर्याल पुरस्कृत भएका छन् ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार,२५ हजार र १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र पाएका छन् ।
त्यस्तै सो अवसरमा चित्रकारहरू पनि पुरस्कृत भएका छन् । यसका साथै बैंकले वार्षिक उत्सवका अवसरमा ४५ जना कर्मचारीलाई सम्मान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्