तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरको गोर्वधनधाम आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइँदै

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको धार्मिक स्थलहरूलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने भएको छ ।

नरैनापुर गाउँपालिकाले गोर्वधनधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुरको लेक (अग्लो डाँडो) मा रहेको गोर्वधनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागि परेको बताउँदै बाटोको निर्माण सक्दो छिटो गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमबारे मेडिकल कलेजका सञ्चालक एवं वैकुण्ठ धाम सञ्चालक समितिका अध्यक्ष डा. सुरेश कनोडियाले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफूहरूले सहयोग गर्ने बताउनुभयो ।

नरैनापुर ४ खोदवाबाट जङ्गलको कच्ची बाटोमा खोला नाला हुँदै अग्लो डाँडामा गोर्वधनधामको आश्रम छ । जहाँ बाबाले झन्डै ३ सयभन्दा बढी गाई पाल्नुभएको छ ।

नरैनापुरले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रममार्फत गोर्वधनधाममा बाँके र भारतका गरि ५ सय भन्दा बढीले अवलोकन गरेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button