तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्छ’

oplus_2

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारिता जगत आवाज विहीनहरूको आवाज भएकाले पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश, धनुषा जिल्ला, केन्द्रीय परिषद् सदस्य एवं केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीहरूलाई मधेश प्रदेशसभा सचिवालयमा आज स्वागत तथा सम्मान गर्नुहुँदै सभामुख मण्डलले पत्रकारहरूले समग्र मिडिया क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउनुभयो ।

oplus_2

उहाँले पछाडि परेका वर्गलाई माथि उकास्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउनुपर्ने बताउनुभयो । 

उहाँले पत्रकारिता क्षेत्रमा अहिले विभिन्न क्षेत्रको प्रभाव, दबाब तथा अभाव देखिएको भन्नुहुँदै यस्ता कुराबाट माथि उठेर काम गर्न जरुरी रहेको बताउनुभयो । 

oplus_2

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष श्याम बञ्जराले मधेशका पत्रकारहरूको हक हितका लागि प्रदेश सरकारसँग छलफल गरिदिन सभामुखलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button