तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजमा साइबर सुरक्षा र एआई सम्बन्धि अभिमुखीकरण कार्यक्रम 

सप्तरी । साइबर सुरक्षा र एआई सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मधेस प्रदेश सरकारले पहिलोपटक सप्तरीबाट सुरुवात गरेको छ  ।

oplus_2

आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सोमबार सप्तरीका सञ्चारकर्मीको उल्लेखनीय सहभागीताका बीच राजविराजमा  कार्यक्रम सञ्चालन भइरहेको छ ।

oplus_2

वर्तमानको अवस्थामा ए आइ प्रविधि वरदान वा अभिश्रापको रुपमा स्थान पाइरहँदा यसको सही, व्यवस्थित र उचित उपयोगको लागि मधेस प्रदेश सरकारले सञ्चारकर्मीलाई यस्तो किसिमको अभिमुखीकरण दिन लागेको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।

प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा संचालित अभिमुखीकरण कार्यक्रममा नेपालमै पहिलोपटक एआई प्रयोग गर्ने जीवन भण्डारीलगायतका प्रशिक्षकहरूबाट सप्तरीका करिब ८० जना पत्रकारहरू प्रशिक्षण लिँदै छन् ।

सोही अवसरमा मधेस प्रदेशका पूर्व शिक्षा मन्त्री महेश कुमार यादव, प्रदेश सांसद किरण साह, सप्तरीका सिडिओ भोला दहाल, नेपाल पत्रकार महासङ्घ सप्तरी अध्यक्ष श्रवण देव र सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा लगायतका व्यक्तिहरूले आफ्ना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button