छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी र सेभ द सप्तरीका अध्यक्ष ध्रुब देवले बालविवाह मुक्त पालिकाको घोषणापत्र संयुक्त रूपमा पढेर छिन्नमस्तालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले बालविवाह मुक्त घोषणा हुँदैमा जनप्रतिनिधिहरूको दायित्व नसकिन बताउनुभयो । छोरी चेलीहरूलाई उचित शिक्षा प्रदान गरी सक्षम र सबल बनाउन कानुनीका साथै सामाजिक सहायता अपरिहार्य रहेको बताउनुभयो ।
समारोहमा सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, मधेस प्रदेश पत्रकार महासङ्घका सल्लाहकार अबधेश झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र यादव, वडा नम्बर ७ का अध्यक्ष अच्छेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुर लगायतका व्यक्तिहरूले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्