तपाईँ सुन्दै हुनुहुन्छः

सेवाको गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री सिंहको निर्देशन

मलङ्गवा (सर्लाही) । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

आज प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रह समेत गर्नुभयो । 

मलङ्गवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने  प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गर्नुभएको थियो । 

आर्थिक वर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको उक्त भवन आव २०८०÷८१ मा निर्माण सम्पन्न भएको थियो । प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button