तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ढुङ्गाखानीमा पुरिएर एकको मृत्यु

सल्यान । सल्यानमा घर बनाउन खानीबाट ढुङ्गा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको कुमाख गाउँपालिका ७ स्यानी जिमालका ४४ वर्षीय पोथे बोहराको ढिस्कोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बिहीबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा रहेको ढुङ्गा खानीबाट एक्लै ढुङ्गा निकाल्न गएका थिए । साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा स्थानीयले माथिबाट ढुङ्गासहितको ढिस्काले च्यापिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शुक्रबार बिहान प्रहरी घटनास्थलमा पुगी ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाई पोष्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button