प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक: कार्यकारी अध्यक्ष डा. बिष्ट
काठमाडाैँ । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवाबाट प्रसारण हुने सामग्री जनताप्रति केन्द्रित गरेर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रसारणमा समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता विषयक एक दिने कार्यशालाको आज सिंहदरबारमा उद्घाटन गर्नुहुँदै अध्यक्ष डा. बिष्टले पिएसबीको समाचारको प्राथमिकता निर्धारण दृष्टिकोण परिवर्तन गर्न कार्यशाला महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले सार्वजनिक सेवाबाट प्रसारणको उद्देश्य र मूल्य मान्यतामा ध्यान दिएर अगाडि बढ्नु आवश्यक रहेको भन्दै पिएसबीलाई अगाडि बढाउने अवसरलाई जिम्मेवार र जवाफदेहि भएर लाग्नु पर्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार अगाडी बढ्नु अहिलेको प्राथमिकता रहेको बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीको उद्देश्य पूरा गर्न यस्को प्रसारण जनता केन्द्रित बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।
रेडियो नेपाल र नेपाल टेलिभिजनको समाचार महाशाखामा कार्यरत पत्रकारहरूका लागि आयोजित
सार्वजनिक सेवा प्रसारण समाचार विषयवस्तु जिम्मेवारी र जबाफदेहिता विषयक कार्यशालामा सञ्चार विज्ञ रघु मैनालीले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्