विभिन्न ३९ वटा देशमा संसदीय मैत्री समूह गठन (नामावलीसहित)
काठमाडौँ । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ ।
संसदीय मैत्री समूहको आज सिंहदरबारमा बसेको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देश मध्ये ३९ वटा देशको मैत्री समूहको संयोजक तोकिएको जानकारी गराउनुभयो ।
विभिन्न ४१ संसदीय मैत्री समूह मध्ये दुई वटा देश उरुग्वे र इण्डोनेसियाको लागि संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको छ ।
सभामुख घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै सभामुख घिमिरेले समूहलाई सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिनुभयो ।
सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने पनि बताउनुभयो ।
नेपालसँग दौत्य सम्बन्ध भएका देशसँग कूटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संघीय संसद्का सांसदहरूको संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहीआएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्