तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु, एक घाइते 

वीरगंज  । वीरगन्जमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । 

मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर-२ का १६ वर्षीय राज मिश्र रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर-२४ ड्राइपोर्ट बहुवरी चोक नजिकै रहेको लक्ष्मी पेट्रोल पम्प अगाडि गएराति पहिचान खुल्न नसकेको भारतीय ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलमा सवार मिश्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालक बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर-६ का २८ वर्षीय सन्दी पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

मोटरसाइकललाई ठक्कर दिने ट्रकको पहिचान यकिन नभएकाले शङ्काका आधारमा तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button