तपाईँ सुन्दै हुनुहुन्छः

फाल्गुनन्द गोल्डकप : विराटनगरलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा 

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार फिदिम मा.वि.को खेलमैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई  ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा पुगेको हो । 

चर्च ब्याइजका तर्फबाट दिपेश गुरुङले १ गोल गर्दा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेडले  ह्याट्रिक गरे । विराटनगर सिटीको तर्फबाट सुमन चम्लागाईले सान्त्वना १ गोल गरे ।  

खेलको म्यान अफ द  म्याच  चर्च  व्वाइजका  समिर तामाङ घोषित हुँदै नगद १० हजार रूपैँया प्राप्त गरे । बाइ पाएर क्वाटरफाइनल खेलेको विराटनगर  सिटी फुटबल क्लब हार सँगै प्रतियोगिताबाट बाहिरिएको छ । 

बिहीबार हुने  खेलमा  एनआरटी  क्लब काठमाडौँ र सहलेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुनेछ ।

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो ।

 प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् । 

यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०र १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button