तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

‘पाँचौँ अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भन्नुभयो,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साढे तीन महिनापछि पाँचौँ अधिवेशनको बैठक बस्न लागेको हो । यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button