नवलपरासीमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिँदा २२ घाइते ७ को अवस्था गम्भीर

नवलपरासी,पश्चिम् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिँदा २२ जना घाइते भएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।
सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँडामा बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रो बस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रो बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ७ जना गम्भीर रहेको र उपचारको लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय सुनवलका ईन्सपेक्टर सन्तोष पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
घटनाको विस्तृत विवरण आउन बाकी छ ।








प्रतिक्रिया राख्नुहोस्