दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा
काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।
उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्