तपाईँ सुन्दै हुनुहुन्छः

देशको संकट समाधान गर्न दुई ठुला दलको सरकार : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको संकट समाधानका निम्ति देशका दुई ठुला पार्टीहरुबीच गठबन्धन भएको बताउनुभएको छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले मुलुकमा अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भइसकेकोले त्यो सङ्कटबाट पार गर्न छुट्टाछुट्टै नीति र पृष्ठभूमि भएका कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्ता एवं मन्त्री गुरुङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button