तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै 

चितवन । चितवनको भरतपुरमा पुसको ४ देखि ६ गतेसम्म प्रथम भरतपुर खुला राष्ट्रिय प्रतियोगिता हुने भएको छ । 

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रतियोगिता हुन लागेको हो । । प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्षका विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रतियोगिता अगाडि पुष ३ गते भरतपुरमै तेक्वान्दोको राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको श्रेष्ठको भनाई छ । महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा हुने प्रतियोगितामा १० वटा पुम्से विधा तथा ३० वटा क्यारोगी (फाइट) गरी ४० स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । 

उक्त प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले रु ५० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले रु ३० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले रु २० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने एक–एक जना महिला र पुरुष खेलाडीलाई रु पाँच हजार पुरस्कार प्राप्त गर्ने श्रेष्ठको भनाइ छ । त्यस्तै उत्कृष्ट रेफ्रीलाई समेत पुरस्कृत गरिने पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्ने बताइएको छ । प्रतियोगिताको सबै खेलहरू निःशुल्क अवलोकन गर्न पाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button