रिक्त गण्डकी प्रदेशसभा पदमा काँग्रेसले सुनिता थापालाई पठाउने

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेश सभा सदस्य पदमा बन्द सूचीमा रहेकी थापाको नाम अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिनुभयो ।
कांग्रेस सांसद विमला गौचनको केही दिन अघि निधन भएकाले समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा.महतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्