इलाम गोल्डकप : एन आर टि एफसी काठमाडौँ सेमिफाइनलमा प्रवेश
इलाम । इलाममा जारी दोस्रो इलाम गोल्डकपमा जिटिए ११ एफ.सी दार्जिलिङलाई हराउँदै एन आर टि एफसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो गोल जिटिए दार्जिलिङ, जर्सी नम्बर ६ का भाईचुङ राईले र फेरि अर्को गोल खेलको ४२ मिनेटमा एन आर टि एफसी काठमाडौँ जर्सी नम्बर ११ नेमारले पुनले तथा खेलको मध्यान्तर पछिको ३९ औँ मिनेटमा एन आर टि एफसी काठमाडौँ, १८ नम्बरका मार्टिनले गोल गरेका थिए । जिटिए दार्जिलिङलाई २र१अन्तरले पराजित गर्दै एन आर टि एफसी काठमाडौँ अन्तिम चारमा प्रवेश गरेको हो ।
भोलीको खेल त्रिभुवन आर्मी र चर्च ब्वाइजबिच हुने छ । आठ टिम सहभागी प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ । गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्षको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।








प्रतिक्रिया राख्नुहोस्