तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकारले बनाउने संरचना अपाङ्गमैत्री हुन्छ’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले बनाउने हरेक संरचना अपाङ्गमैत्री हुने बताउनुभएको छ ।

oplus_2

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेशको आयोजना तथा डिसेवलिटी राईट्स फण्डको सहयोगमा मधेशी अपाङ्गता भएका महिलाहरूको प्रथम प्रादेशिक सम्मेलनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले अपाङ्गमैत्री कानूनको निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

अपाङ्गमैत्री संरचनाको निर्माणको सुरुआत गरिसकेको बताउँदै उहाँले अहिले विभिन्न ठाउँमा बनिरहेका शौचालयमा एक/एक वटा अपाङ्गमैत्री कक्ष सहितको शौचालय बनाउन थालिएको बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल महोत्तरी जिल्ला अध्यक्ष विना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्लाका महिला अपाङ्ग गोदावरी साह, सलमा खान, राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेश प्रदेशका अध्यक्ष किरण पासवानले धारणा राख्नुभएको थियो ।

पछिल्लो राष्ट्रिय जनगणना अनुसार मधेश प्रदेशका ९१ हजार ७ सय १९ जना अपाङ्गमध्ये करिब ५० प्रतिशत महिला अपाङ्ग हुने राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेशका अध्यक्ष किरण पासवानले जानकारी दिनुभयो ।

सम्मेलनबाट नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button