नेपाल एसिसी यु–१९ एसिया कपको समूह चरणबाटै बाहिरियो
काठमाडौँ । लगातार दोस्रो पराजय बेहोर्दै नेपाल एसिसी यु–१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य बङ्गलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो । पहिलो खेलमा नेपालले श्रीलङ्का विरुद्ध ५५ रनको हार बेहोरेको थियो ।
नेपालले समूहको अन्तिम खेलमा मङ्गलवार अफगानिस्तानको सामना गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्