तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा जिल्ला : ५४ प्रतिशत बढी वनजङ्गल

वीरगञ्ज । तराई मधेशका जिल्लामा तीव्र रुपमा वन फडानी र अतिक्रमण हुने गरेको भए पनि पर्सामा भने कुल क्षेत्रफलको ५४.१८ प्रतिशत क्षेत्रफलमा वनजङ्गल रहेको डिभिजन वन कार्यालय, पर्साले जनाएको छ ।

डिभिजन वन प्रमुख सुनिल कर्णले पर्सा जिल्लाको कुल क्षेत्रफल एक लाख ३५ हजार १९७ हेक्टरमध्ये कृषि क्षेत्रभन्दा बढी वन क्षेत्र रहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्र ५४ हजार ४०६ हेक्टर अर्थात् ४०.२४ प्रतिशत रहेको तर वन क्षेत्र भने ७३ हजार २५० हेक्टर अर्थात् ५४.१८ प्रतिशत वन क्षेत्र रहेको बताउनुभयो । यसैगरी, चरण क्षेत्र दुई हजार ७७२ अर्थात् २.०५ प्रतिशत र अन्य क्षेत्र चार हजार ७६९ अर्थात् ३.५३ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको ७३ हजार २५० हेक्टर वन क्षेत्रमध्ये डिभिजन वन कार्यालय पर्सा मातहत ११ हजार ५२७.४७ हेक्टर मात्र रहेको र बाँकी पर्सा तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने प्रमुख कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button