निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १ सय १५ जनाको उपचार
बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–६ को सुकमैया प्राथमिक विद्यालय नयाँ बस्तीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा १ सय १५ जनाको निःशुल्क चेकजाँच र उपचार गरिएको थियो ।
नेपालगन्ज स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र राप्ती सोनारी वडा नं. ६ को संयोजनमा निःशुल्क स्वास्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनुभयो ।
शिविरमा उपस्थित लक्षित समूहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वास्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वास्थ्य शिविर नभएको बताउनुभयो । निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटीको चेक जाँच गरिएको थियो । त्यस्तै पत्रकार डा. डक्ट प्रसाद धितालले सहभागी स्वास्थ्यकर्मी र डाक्टर बसेलको टिमलाई धैर्यताका साथ चेकजाँचमा गरेको भन्दै धन्यवाद दिनुभयो ।
स्वास्थ्य शिविरमा ५ वर्षका बालबालिका देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकहरू सेवा लिन उपस्थित भएका थिए । ७२ वर्षीया मालती थारुले सो स्वास्थ्य शिविरबाट सोचे भन्दा बढीको सेवा पाएको बताउनुभयो । त्यस्तै ७५ वर्षीय एक ज्येष्ठ नागरिकले पनि डाक्टर बसेलको टोलीलाई धन्यवाद दिनुभयो ।
सो शिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लगायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्