खेलकुद ऐन संशोधन गरिने : खेलकुदमन्त्री चौधरी
काठमाडौँ I राष्ट्रियसभाका सांसदहरुले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलकुद क्षेत्रको विकासमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरुले खेलाडीहरूको मनोबल बढाउन सेवा सुविधा वृद्धि गरिनुपर्ने, रङ्गशालाको स्तरोन्नति गरिनुपर्ने, महिला र पुरुष खेलाडीलाई समान दृष्टिकोणले हेरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बलियो भौतिक पूर्वाधार नभएकाले खेलाडीहरूले दक्षता प्रदर्शन गर्न नपाएको भन्दै सांसदहरुले खेलकुद क्षेत्रमा बजेट बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि दक्ष इन्जिनियरिङ अभाव रहेकाले स्तरीय रङ्गशालाहरू निर्माण गर्न कठिनाइ रहेको बताउनुभयो ।
यस अवसरमा मन्त्री चौधरीले खेलकुद ऐन संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्