जाजरकोटमा जारी मतदानमा हालसम्म ७ हजार ९ सय ८ मत खस्यो
जाजरकोट । जाजरकोटमा जारी स्थानीय तहको उपनिर्वाचनमा १ बजे सम्म ७ हजार १ सय ६२ मत खसेको छ ।
नलगाड नगरपालिका र कुशे गाउँपालिका वडा ७ मा जम्मा १७ हजार ७ सय ५१ मतदाता रहेका छन् ।
नलगाड नगरपालिकामा उप प्रमुख पदका लागि भइरहेको उपनिर्वाचनको मतदानमा ७ हजार १ सय ६२ मत खसेको हो ।
बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा नगरपालिकाको २४ ओटै मतदान केन्द्रमा ७ हजार १ सय ६२ मत खसेको भने कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ७ सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्