स्वामिकार्तिक खापर गाउँपालिकामा २ हजार मत खस्यो
बाजुरा I स्वामिकार्तिक खापर गाउँपालिका उपनिर्वाचनमा हाल सम्म २ हजार मत खसेको छ ।
बिहान ७ बजे बाट सुरु भएको मतदानमा हाल सम्म २ हजार मत खसिसकेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो । मतदान पक्रिया शान्तिपूर्ण र उत्साहजनक तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले जनाएको छ ।
५ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र रहेको स्वामिकार्तिकमा मतदान प्रकिया सहज सम्पन्न गर्न र मतदातालाई भयरहित वातावरणमा मतदान गर्नका लागि सुरक्षा व्यवस्था समेत कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप गिरीले बताउनुभयो ।
काङ्ग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनका लागि मतदान भइरहेको हो । गाउँपालिकाको उपाध्यक्ष पदका लागि काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र एकिकृत समाजवादी बाट जवा शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता संख्या ७हजार ४सय ५८ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्