तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको मुसिकोट नगरपालिका १ मा अहिले ७३३ मत खस्यो

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ ।  बिहान ७ बजेबाट मतदान सुरु भएको छ । तिन वटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान सुरु भएको हो ।

वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् । वडाअध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षेत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

त्यस वडामा नेपाली काङ्ग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button