जाजरकोटमा उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा
जाजरकोट । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटमा सम्पूर्ण तयारी पूरा भएको छ ।
नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पूरा भएको हो ।
नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि २४ मतदान केन्द्र तोकिएको छ भने कुशे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि २ मतदान केन्द्र तोकिएको छ ।
भोली हुँदै गरेको उपनिर्वाचनका लागि मतदान हुने सम्पूर्ण केन्द्रमा बुथ व्यवस्थापन कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नलगाड नगरपालिकामा १६ हजार ४ सय ४९ मतदाता रहेका छन् भने कुशे गाउँपालिका–७ मा १ हजार ३ सय २ मतदाता रहेका छन् ।
निर्वाचनको सम्पूर्ण तयारी भएकोले भोलि बिहान सात बजेबाट मतदान कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्