सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने
काठमाडौँ । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ ।
सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा ७ औँ महिला तथा ८ औँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुन लागेको हो ।
काठमाण्डौं, भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा आज सोमबार पत्रकार सम्मेलन तथा सम्झौता कार्यक्रम गर्दै आयोजक संस्थाले आगामी माघ १ गतेदेखि ५ गतेसम्म सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिताका लागि नेपाल भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घबिच आजै सम्झौता भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै पर्यटकीय नगरी सुकुटेलाई खेल पर्यटनमार्फत थप पहिचान र प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले बताउनुभयो ।
जम्मा २० जना खेलाडीको सहभागिता रहने प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ५० हजार, २५ हजार, १५ र १० हजार रहेको ।
विजयी महिला र पुरुष दुवै खेलाडीलाई आगामी एक वर्षभित्र हुने हरेक अन्तर्राष्ट्रिय बीच भलिबल प्रतियोगितामा सहभागी गराइने पनि अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्