सप्तरी प्रशासनद्वारा निर्वाचन क्षेत्र भित्र मदिराजन्य पदार्थ विक्री वितरणमा रोक
सप्तरी । सप्तरी प्रशासनले स्थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले यहीँ मङ्सिर १६ गते हुने स्थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा स्थानीय तह उप( निर्वाचन हुन गइरहेको हुँदा आज मङ्सिर ५ गते देखि मतगणना कार्य सम्पन्न नभएसम्म डाक्नेश्वरी नगरपालिका भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
निर्देशन उलङ्घन भएमा कानून बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्