तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँदै

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आगामी असार २१ गते वीरगञ्जमा ‘रोजगार मेला–२०८३’ आयोजना गरिने भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घमा आज आयोजित पत्रकार सम्मेलनमा यो मेला परम्परागत रोजगार मेलाभन्दा फरक हुने र मधेश प्रदेशको Skill Need Assessment तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाबिचको सीपको खाडल पुर्ने उद्देश्यले आयोजना गर्न लागिएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष गौतमले देशको प्रमुख समस्या बेरोजगारी रहेको उल्लेख गर्दै युवालाई रोजगारका अवसरसँग जोड्न मेला प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामार्फत रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याई रोजगारीको अवसर विस्तार गरिने बताउनुभयो ।

मेलामा रिक्त पदको जानकारी, आवेदन, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिस समेत गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगञ्ज महानगरपालिकाको सहकार्यमा मेलाको आयोजना हुने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button