तपाईँ सुन्दै हुनुहुन्छः

जिसस कैलालीको प्रमुखमा टीका चौधरी भुल निर्विरोध  निर्वाचित

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदमा नेपाली काँग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनु भएको छ । नागरिक उन्मुक्तिकी रुपमति डगौरा थारुले जिल्ला समन्वय समितिको प्रमुख पदका लागि दर्ता गराएको  उम्मेदवारी फिर्ता लिएपछि काँग्रेसकी भुल निर्विरोध निर्वाचित हुनु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनु भएकी नागरिक उन्मुक्ति पार्टीका रुपमती डगौरा थारुले आज उम्मेदवारी फिर्ता लिनु भएको बताउनुभयो । अब जिसस प्रमुख पदमा काँग्रेसका टीका कुमारी चौधरी भुलको मात्र उम्मेदवारी कायम रहेको उहाँले बताउनुभयो । भुललाई जिसस प्रमुख पदमा निर्विरोध भएको घोषणा गर्ने तयारी भइरहेको र उहाँलाई मङ्सिर १६ गते पछि निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराइने भट्टले जानकारी दिनुभयो ।

तत्कालीन जिसस प्रमुख पदम बहादुर कलेलको निधन भएपछि कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button