तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी 

धनगढी  । जिल्ला समन्वय समिति कैलालीको प्रमुख (रिक्त पद) का लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यालय सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिसस प्रमुख पदका लागि नेपाली काँग्रेसका टिकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्तिका रूपमति डगौरा थारुले उम्मेदवारी दर्ता गराउनुभएको बताउनुभयो । 

प्रमुख पदमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको थियो ।

नेपाली काँग्रेसबाट निर्वाचित तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन भएपछि रिक्त प्रमुख पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुदैछ ।

कैलालीमा २६ मतदाता रहेका छन् । जसमा काँग्रेस ८, एमाले ५, नाउपा ७, माओवादी केन्द्र ४, एस १ र स्वतन्त्र १ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button