तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन : कञ्चनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

कञ्चनपुर । कञ्चनपुरमा प्रमुख राजनीतिक दलले  भीमदत्त नगरपालिका-६ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा नेपाली काङ्ग्रेसका  महेन्द्र खडका निर्वाचित भएका र उनको मोटरसाइकल दुर्घटनामा परि निधन  भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज कार्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कञ्चनपुर जिल्ला अदालतका मुख्य  न्यायाधीश श्रीमान् लिला राज अधिकार मुख्य निर्वाचन अधिकृत रहनु भएको छ । निर्वाचन तालिका अनुसार मङ्सिर  २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button