पश्चिम सेती जलविद्युत आयोजना बन्छ : सभापति देउवा
डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजना बन्ने प्रक्रियामा अघि बढेको बताउनुभएको छ ।
उहाँले भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्नुहुँदै आयोजना निर्माण प्रक्रियाको चरण अघि बढेकाले अब बनाएरै छोडिने बताउनुभयो
भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ ९एसआर–६० जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर मस्यौदा लगानी बोर्डलाई बुझाई सकिएको र छिट्टै बन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
“पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,” उहाँले भन्नुभयो, “करिब करिब बन्ने भइसकेको छ अब ढुक्क हुनुहोस्”
एक सातादेखि गृह जिल्ला डडेल्धुरामा रहनुभएका सभापति देउवाले स्थानीय नेता कार्यकर्ताहरूको राय सुझाव लिँदै २०८४ मा नेपाली काँग्रेस पहिलो पार्टी बन्नुपर्ने धारणा राख्नुभयो ।
सभापति देउवाको डढेल्धुरामा राजनीतिक भ्रमण मात्रै नभई धार्मिक भ्रमण समेत रहेकोले उहाँ यहाँका मेला जात्रा र धार्मिक स्थलहरूको पूजापाठ समेत गर्दै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्