तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकहरूको रोजाईमा शे-फोक्सुण्डो  ताल 

तीन महिनाको अवधिभर   ७ सय ९८ जना पर्यटक 

मुगु  । शे-फोक्सुण्डो तालमा यो वर्षको साउनदेखि असोजसम्म  ७ सय ९८ जना पर्यटकको  आवागमन भएको छ ।

तीन महिनाको अवधिमा  आन्तरिक ५२४, सार्क १४ जना र विदेशी १६० गरी तीन  ७९८ जना पर्यटकहरूले सेफोक्सुण्डो  पुगेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो  । 

यो सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो अवस्थामा रहेको देखिएको छ, जसले से फोक्सुण्डो ताल र यस क्षेत्रको प्राकृतिक सौन्दर्यप्रति पर्यटकको आकर्षण बढिरहेको सङ्केत गर्छ। 

तालको मनमोहक दृश्य, हिमालले घेरेको वातावरण र यहाँको सांस्कृतिक विविधताले पर्यटकहरूलाई आकर्षित गरेको हो। स्थानीय पर्यटन व्यवसायले पनि यसलाई स्वागत योग्य परिवर्तन मानेका छन् ।

शे-फोक्सुण्डो ताल नेपालकै दोस्रो गहिरो ताल हो, ४४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको गहिराइ १४५ मिटर छ।  

यो ताल नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रमा पर्ने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा अवस्थित छ, जसको क्षेत्रफल ३५५५ वर्ग किलोमिटरमा फैलिएको छ। यो निकुञ्ज उत्तरीतर्फ चीनसँग जोडिएको छ र नेपालका लागि जडीबुटीको महत्वपूर्ण आर्थिक स्रोत मानिन्छ।

यो क्षेत्र विशेष गरी आफ्नो महत्त्वपूर्ण जैविक विविधता र प्राकृतिक सम्पदाका लागि प्रख्यात छ। यहाँ मुख्य आकर्षणका रूपमा सेफोक्सुन्डो ताल र हिउँचितुवा, लाई लिइन्छ । यसका अलवा, पदमचाल, कटुकी, चिराइतो लगायत गुणस्तरीय र ठूला र पोटिला यार्सागुम्बा  पाईने गर्दछ । अङ्ग्रेजी  वाई  आकारको शे-फोक्सुण्डो ताल भित्र माछा लगायतका कुनै पनि जीव जन्तु  पाइँदैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button