तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा छठको तयारी शुरु

धनगढी । तराईवासीले मनाउने छठ पर्वका लागि कैलालीको धनगढीमा तयारी शुरु गरिएको छ । छठ पर्व स्थल धनगढीको मोहन घाटमा सरसफाई गर्ने कामसँगै पण्डाल निर्माणको काम भइरहेको देखिन्छ ।

छठ पर्व सेवा समितिले आज धनगढीमा पत्रकार सम्मेलन गरि छठ पर्व २०८१ को तयारीबारे जानकारी दिएको छ । समितिका अध्यक्ष सन्तोष मण्डलले कार्तिक २२ गते मनाउने छठ पर्वको तयारी भइरहेको बताउनुभयो । छठ पर्वका लागि मोहन घाटलाई सिँगार्ने, पूजा अर्चनाका लागि पण्डाल बनाउने, दैवी शक्तिका आकृति निर्माण गर्ने लगायतका काम भइरहेको उहाँले बताउनुभयो ।

सूर्य देवताको उपासना गरेर मनाइने छठ पर्वको मुख्य दिनमा बेलुकी अस्ताउँदो सूर्य र भोलि पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने धार्मिक प्रचलन छ । यो पर्वमा व्रतालुहरूले सूर्यदेवलाई केरा, मिठाई, खोया, लगायत चढाउने गर्दछन्। छठ पर्व मनाउने गर्नाले घरपरिवारमा सुखशान्ति, सन्तान प्राप्ति हुने विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button