तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा नेपाल सँवत ११४५ को सम्झना

गोरखा । गोरखा सदरमुकाममा नेपाल संवत् ११४५ को अवसरमा बाजागाजा सहित नगर परिक्रममा गरिएको सम्झना गरिएको  छ ।

नेवा:मिसा दवू र नेवास् देय् दवू जिल्ला कार्य समितिको संयुक्त आयोजनामा नेवार जातीको विभिन्न झाँकी सहितको र्‍यालीले नगर परिक्रममा गरेको हो ।

गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको बाजागाजा सहितको र्‍यालीले पदेली–ठुलो आँगन–तिनधारे–गणेशपाटन बजार–पाटेचौर–गोरखा अस्पताल–चालिसे चोक–कालिमाटी बजार–शक्ति चोक–बैङ्क रोड–पुरानो बसपार्क हुँदै पुनः रानीपोखरीमा गएर समापन भएको थियो । 

 र्‍यालीमा धिमे बाजा, लाखे तथा अन्य नेवारी बाजा सहित समावेश गरिएको वास् देय् दवू जिल्ला कार्य समिति गोरखा अध्यक्ष देवीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button