तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४  को आम निर्वाचन आउन एक साता बाँकी रहँदै प्रारम्भिक मतदान गर्नुभएको छ। 

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनः निर्वाचन अभियान समाप्त गर्ने निर्णय गर्नुभएको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गर्नुभएको हो । 

राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४०  मिनेट लाइनमा पर्खनुभएको थियो ।  

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button