प्लास्टिकजन्य फुल प्रयोगमा प्रतिबन्धसँगै फस्टाउँदै पुष्प व्यवसाय
मुगु । मुगुमा प्रायजसो अतिथि सत्कार लगायत दशैंतिहार, जस्ता शुभ कार्यमा कपडाको खादा लगायत प्लास्टिकका माला, प्रयोगमा छायाँनाथरारा नगरपालिकाले प्रतिबन्ध लगाएसँगै पुष्प व्यवसाय सुरु गरिएको छ ।
पछिल्ला केही वर्ष यता व्यावसायिक रूपमा पुष्प खेती सुरु भएसँगै दशैं, तिहारमा आगन्तुकहरूको स्वागतका लागि सहज भएको स्थानीयको भनाइ छ ।
छायानाथ रारा नगरपालिका–५ कार्कीवाडाका का युवा व्यावसायी बलचन्द्र कार्कीले पुष्प व्यवसाय सुरु गरेको ३ वर्ष भयो । गत वर्ष दशैं तिहारको बेला फुल बेचेर करिब २ लाख कमाई भएको उहाँले बताउनुभयो । यस वर्ष पनि करिब ३ लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ ।
प्रति फुलको मालाको रू १५० र प्रतिकेजी फुलको रू ३५० मूल्य कायम गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्