झापामा जग्गा सम्बन्धी विवादमा झडप : एकजनाको मृत्यु
झापा । झापाको दमकमा हिजो जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको एलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले जानकारी दिनुभयो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ । घटनामा संलग्नहरू फरार रहेकोले पक्राउ नपरिसकेको उहाँले बताउनु भयो ।
जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्