छेडेदह गोल्डकप शुरु, विजेतालाई ३ लाख पुरस्कार घोषणा

बाजुरा । बाजुरामा छेडेदह गोल्डकप २०८१ शुरु भएको छ।
छेडेदह स्पोर्टस् क्लबको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा शनिबारदेखि सञ्चालन भएको छेडेदह गोल्डकपको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीले एक औपचारिक कार्यक्रमका बिच गर्नुभएको हो।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ आटिचौरमा सुरु भएको गोल्डकपमा १० भन्दा बढी टिम सहभागी भएका छन् भने गोल्डकप कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशि घोषणा गरिएको छ । छेडेदह स्पोर्टस् क्लबका कार्यवाहक अध्यक्ष लक्ष्मण वलीको अध्यक्षतामा सञ्चालन भएको छेडेदह गोल्डकप उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पदम बहादुर शाही रहनुभएको थियो ।
छेडेदह गोल्डकपमा घोषणा गरिएको पुरस्कार राशि सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने गोल्डकप मध्येकै सर्वाधिक राशि रहेको आयोजकको दाबी रहेको छ।







प्रतिक्रिया राख्नुहोस्