तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । 

बडादसैँका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस वर्ष दसैँको पूर्व सन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दसैँ अलि असहज  भएको छ बताउनुभएको छ । “यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित,मितव्ययी,तर खुसीयालीका साथ मनाउनु पर्दछ,” शुभकामना  सन्देशमा उहाँले भन्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button