तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् । 

ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेका कुमालको ट्याक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button